युनाइटेड क्लब पोखराको १३ औं वार्षिकोत्सवः सप्ताहव्यापी कार्यक्रम सुरु

पाेखरा | चैत ३०, २०७९

युनाइटेड क्लब पोखराको १३ औं वार्षिकोत्सवः सप्ताहव्यापी कार्यक्रम सुरु

पोखरा: युनाइटेड क्लब पोखराले  आफ्नो स्थापनाको १३ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ । २०६७ साल बैशाख ७ गते स्थापना भएको युनाइटेड क्लबले स्थापना कालदेखीनै पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी महोत्सवको आम्दानीबाट बचत रकमले सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ । 


क्लबले १३ औं वार्षिकोत्सवको अवसर पारेर बिहिबारदेखि सप्ताहव्यापी कार्यक्रम अन्र्तगत  आज (बिहिबार) महिला कानुनी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा प्रमुख अतिथि जिल्ला अदालत कास्कीका न्यायधीश माननीय अवनि मैनालीले महिलाहरुले कानुन आफ्नो पक्षमा छ भन्दैमा पुरुषहरुलाई पिडा दिने गरी कानुनको दुरुपयोग गर्न नहुने बताइन । पछिल्लो समय महिलाहरुले कानुनलाई आधार मानेर विभिन्न मुद्धा मामिलाहरु अगाडी बढाउदा पुरुषहरु पिडित बनेको उनको भनाइ रहेको थियो । 


घरभित्रको हरेक काममा पुरुषहरुले सहकार्य गरेको खण्डमा महिलाहरुलाई हरेक काममा सहज हुने र महिलाहरु अगाडी बढ्न सक्ने बताइन । आधा भन्दा वढी महिलाको संख्या रहेकाले महिलालाई अगाडी बढाउनकै लागि महिलाको हकको ब्यवस्था गरिएको उनको भनाइ रहेको थियो । त्यस्तै जिल्ला अदालत कास्कीका नायव सुब्बा महेन्द्र प्रसाद तिमिल्सिनाले महिला दिदीबहिनीहरुले कानुनी कुराहरु नजान्दाखेरी विभिन्न समस्यामा परिरहेको बताउदै यस्ता कार्यक्रमले महिला दिदीबहिनीहरुलाई केही मात्रामा भएतापनि कानुनी जानकारी दिन पाउदा खुसी लागेको बताए । 


कार्यक्रममा सहभागी कालिका मन्दिर परिसर महिला समुहका अध्यक्ष माया केसीले बजारमा भन्दापनि गाउका दुर दराजमा रहेका महिलाहरु अझैपनि कानुनको बारेमा जानकारी नहुदा दुख पाइरहेको वताउदै यस्ता कार्यक्रमहरुलाई गाउ तर्फ केन्द्रीत गर्न सके राम्रो हुने बताइन । आफुहरुलाई थोरै समय भएपनि महिला कानुनको बारेमा जानकारी लिने अवसर प्रदान गरेकोमा आयोजक युनाइटेड क्लबलाई धन्यवाद समेत ब्यक्त गरिन । 


युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका बरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रमको सञ्चालन क्लबका महासचिब दिनेश सुनारले गरेका थिए । क्लबका कार्यसमिति सदस्य दिवानी सुवेदीको संयोजनमा सम्पन्न कार्यक्रममा १ सय ६० जना महिला दिदीबहिनीहरुको सहभागीता रहेको थियो । 
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्